जापान, मंसिर २७ ।
नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न भएको छ । हिजो आईतबार डिसेम्बर १२ तारिखको दिन जापानको टोकियोमा राष्ट्रीय कमिटीको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामाको अध्यक्षता र जनप्रगतिशील मञ्च प्रमुख पूर्वी एसिया संयोजक हर्क थापाको प्रमुख आतिथ्यतामा भब्य रूप सम्पन्न भएको थियो । उक्त राष्ट्रीय अधिबेशनबाट मञ्चको अध्यक्षमा भवानी पन्त सर्वसहमत निर्वाचित हुनु भएको छ ।
त्यस्तै बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, पाँच उपाध्यक्षहरुमा श्रवण सत्याल, श्यामहरी पाण्डे, जनक सुबेदी, आर एच गौतम, नवराज गौतम र महासचिब बाबुराम पौडेल चयन भएका छन भने तिन उपमहासचिबहरुमा दावा शेर्पा, शिबु थापा, राम कृष्ण भण्डारी चयन भएका छन । यस्तै उक्त अधिबेशनबाट चार सचिबहरुमा बेनुका खड्का, खगराज गौतम, गौरी शंकर गैरे, अर्जुन अंगाई सहमतिमा नै चयन भएका छन । मञ्चको कोषाध्यक्षमा भुवन हुमागाई र दुई सह कोषाध्यक्ष धुर्व अधिकारी, गौरी शंकर सापकोटा चयन भएका छन ।