जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने बिदेशीहरूलाई मध्यनजर गरदई Living Support सेमिनारको आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  150 पटक हेरिएको

जापान, मंसिर २७ । 

जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने बिदेशीहरूलाई मध्यनजर गरदई Living Support सेमिनार हुने भएको छ । फुकुओका स्थित रहेका एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउदछौं।

कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुबाट भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था गरिएकोछ ।

कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा १०० जना मात्र सहभागि गराउन सक्ने हुदा समयमै सहभागीताको लागि गुगल सिट मार्फत आबेदन फारम भर्न अनुरोध गर्दछौं । १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी गराउन असमर्थ हुने जानकारी गराउछौ ।

थप जानकारीको लागि एनआरएनए क्युस्यु सम्पर्कको लागि हार्दिक अपिल गर्दछौ ।

गुगल फर्म यस प्रकारको छ।

https://docs.google.com/forms/d/e/1FAIpQLScVqIeNJB3bIbQohCn4v1rCN4-EakRUq7pRctwdjwNR7pKdjw/viewform

सम्पर्क: ०९०-८४०७ -१४०३

( नोट :- यो कार्यक्रम नेपालीहरु लागि लक्षित गरिएको हुँदा नेपालीहरलाई प्राथमिकता दिइने छ )

कार्यक्रम स्थान : 福岡市博多区博多駅東1丁目16-14 リファレンス駅東ビル 5 F
मिति : २०२२ डिसेम्बर २१ तारिख (बुधबार)
समय: साझ ५:०० बजे बाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार