अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंग्यायो, पदाधिकारी भने अझै टुंगिएन(नामावली सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  381 पटक हेरिएको

काठमाडौं, मंसिर २७ ।  

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुंगो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै पनि टुंगो लागेको छैन । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो । तर २४ सदस्यीय पदाधिकारी भने टुंगो लाग्न बाँकी नै छ । आज बिहान अखिल क्रान्तिकारीका अध्यक्ष पंञ्चा सिंहद्धारा सामाजिक संजाल फेसबुकमा केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गर्दै केन्द्रिय समिति सदस्यहरुको टुङ्गो लागेको जानकारी गराउनु भएको हो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार