तामाङ समाज जापानको १२औँ बार्षिकोत्सव अवसरमा (तामाङ ताम) तामाङ भाषा पुस्तकको विमोचन कार्यक्रमको आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1005 पटक हेरिएको

जापान, मंसिर २७।  

नेपाल तामाङ समाज जापान NPO 法人 स्थापनाको १२औँ बार्षिकोत्सवको अवसरमा 「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम गर्ने भएको छ । तामाङ भाषाविद् अमृत योन्जन तामाङको लेखन तथा नेपाल तामाङ सामाज जापानको प्रकाशनमा रहेको「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम -२०२१ गर्न लागेको हो ।

आउँदो डिसेम्बर १९ तारिख आइतबार नेपालबाट भर्चुअल माध्यम जुम मार्फत् र जापानमा बसोवास गर्नुहुने महानुभावहरुका लागि टोकियोको गोतान्दास्थित माया रेष्टुरेण्टको हलमा कार्यक्रम हुने  तामाङ्ग समाज जापानका अध्यक्ष रुबिना तामाङ्गद्धारा एक बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराउनु भएको हो ।

जापानमा तामाङ भाषा, संस्कार र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा तामाङ तथा गैरतामाङ दाजुभाई दिदी बहिनी विभिन्न संघसंस्था सहयोगी तथा शुभचिन्तक महानुभावहरुमा साथ सहयोग र हार्दिकता प्रति नेपाल तामाङ समाज जापानले सदैव आभार प्रकट गरेको समाजकी अध्यक्ष रूबीना तामाङले बताउनु भयो ।

तपशिलस

मितीः 2021/12/19
स्थान: माया रेष्टुरेण्ट गोतान्दा
जापानी समय : दिउसो २:००~५:०० बजेसम्म
नेपाली समय : बिहान ११:१५~२:१५ बजेसम्म
माध्यमः भर्चुअल माध्यम जुम
जुम आईडीः 517 388 4083
पासवार्डः 2009

आयोजक
नेपाल तामाङ समाज जापान【NPO 法人】

तामाङ्ग समाज जापानद्धारा जारी बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार