माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा जगत सिमखडा सर्वसम्मत निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  382 पटक हेरिएको

काठमांडौ, मंसिर २६ । 

ने.क.पा. (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । ने.क.पा. (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट १४१ सदस्यीय प्रदेश समिति निर्विरोध निर्बाचित भएको छ । सम्मेलनबाट अध्यक्ष जगत सिमखडाको नेतृत्वमा १४१ सदस्यीय उपत्यका बिशेष समिति चयन गरीएको हो ।

उक्त सम्मेलनबाट पदाधिकारीहरूमा अध्यक्ष : जगत सिम्खडा, उपाध्यक्ष : कृष्ण केसी, उपाध्यक्ष : संगीता खड्का, उपाध्यक्ष : प्रकाश पाण्डे, सचिव : सुरेन्द्र बस्नेत, सहसचिव : गोगन बहादुर मल्ल, सहसचिव : विष्णु थापा, कोषाध्यक्ष : शंकर अधिकारी सहित १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार