एमाले नेताहरूको वरीयताक्रम तोकियो, उपाध्यक्षमा रामबहादुर थापापछि पौडेल र नेम्वाङ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  447 पटक हेरिएको

काठमाण्डौ, मंसिर २६ । 

नेकपा एमालेले पार्टीका नेताहरू (पदाधिकारीहरू) को वरीयताक्रम तोकेको छ । आज आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हो ।

वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा हुनुहुन्छ । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा हुनुहुन्छ ।

यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा हुनुहुन्छ ।

सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा पर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार