अनुष्काले जितिन् मिस वर्ल्ड २०१९ मा ‘मल्टिमिडिया अवार्ड’

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  724 पटक हेरिएको

लण्डन, मंसिर २६ ।

मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । 

यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको लागी आफुलाई सुरक्षित गरेकोछ । 

मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् । 

विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वर्ल्ड २०१९ मा सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार