
जापान, मंसिर २७ ।

जापानमा पछिल्लो २४ घण्टामा थप ३०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १२ तारिख शनिवार साँझ ८ बजेसम्म एकैदिन जापानभर ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
जापानमा कोरोना संक्रमणको यो संख्या अहिलेसम्मकै उच्च हो ।
आजै टोकियोमा ६२१ जनासहित ओसाका केनमा ४२९ जना, खानागावा प्रान्त्मा २२३ जना, आईची केनमा २०६ जना, साइतामा केनमा १९९ जना, चिबा केनमा १२१ जना, होक्काइदो १८९, ह्योगोमा १३७ जना उच्च संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १,७८,९५४ जनामा कोभिड १९ संक्रमण भएको छ । जापानमा ८२ प्रतिशत अर्थात १,४७,५२४ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । आज जापानभर २१ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि २५८८ पुगेको छ ।





527 पटक हेरिएको 
















