नेपाली कांग्रेसको पदाधिकारीका २ सहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  384 पटक हेरिएको

काठमाडौं, मंसिर २६ ।   

नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् । पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

उम्मेदवारी फिर्ता लिने ५५ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्तापछि अब निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ । निर्वाचन समितिका अनुसार अब एक सभापति पदमा ५ जना, दुई उपसभापति दुई पदमा सात जना, दुई महामन्त्री पदमा ६ जना र आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम छ ।

नेतृत्व चयनका लागि सोमबार विहान आठ बजेबाट मतदान शुरु हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको १४ औ महाधिबेशनबाट सभापति पदमा उम्मेद्वारी दिनु भएका सभापतिका उम्मेद्वार बिमलेन्द्र निधिले पहिलो निर्वाचनबाट कसैले बहुमत ल्याउन नसक्ने बताएका छन । उनले स्पष्ट बहुमत ल्याउन नसकेको अबस्थमा सभापतिका उम्मेद्वारहरू बिच मोर्चाबन्दी गरेर भएपनि पार्टी सभापति देउबा हराउने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार