धादिङको ज्वालामुखी गाँउपालिका–६ मा जीप दुर्घटना हुँदा ८ जना घाईते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1720 पटक हेरिएको

धादिङ, मंसिर २६ ।

धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिका–६ मा आज बिहान १० बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना यात्रु घाईते भएका छ । धादिङबेशीबाट मैदि जादै गरेको बोलेरो जीप माथिल्लो सडकबाट अन्दाजी ५०० मिटर तल झरेको ज्वालामुखी गाँउपालिका–६ साँदभन्ज्याङ्गबाट स्थानीय सर्मिला शाक्यले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

ज्वालामुखी गाँउपालिका–६ साँदभन्ज्याङ्ग नजिक भएको दुर्घटनामा परि दुई जना यात्रु भने गम्भिर घाईते भएको र बाँकी ६ जना भने सामान्य घाईते भएको जानकारी गराउदै घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धादिङ्गबेशी लगिसकेको बताउनु भयो । बोलेरो जीप माथिल्लो सडकबाट खसेर तल्लो सडकमा आएको कारण मानवीय क्षति भने नभएको स्थानीय सर्मिला शाक्यले जानकारी गराउनु भयो ।

धादिङ्ग जिल्लाको ग्रामिण सडकहरुमा सवारी साधनमा यात्रा गर्नु जोखिम पुर्ण रहेको छ । धादिङ्ग जिल्लाको सदरमुकामबाट १ घण्टाको दुरीमा रहेको दुर्घटनास्थल ज्वालामुखी गाँउपालिका–६ साँदभन्ज्याङ्ग सडकखण्डको अवस्था पनि दयनिय नै रहेको छ । दुर्घटनास्थलको बाटो उकालो र घुम्ती भएको, उक्त जीपमा सामान र यात्रुको लोडका कारण दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार