मलेसिया, मंसिर २७ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, मलेसियाले मलेसियामा रहेका नेपाली जनसमुदायहरुलाई लक्षित गर्दै बिभिन्न कार्यक्रमहरु ल्याईएको गैर आवासिय नेपाली संघका महासचिब हेमराज सापकोटाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । भिजन अनलाईन न्युजद्धारा आयोजना गरिरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रममा बोल्दै उक्त जानकारी गराएको हो । मलेसिया नेपाली कामदारहरुको प्रमुख गन्तब्य भएकोले यहाँ आउने नेपालीको संख्या पनि उल्लेख्य भएको र बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको अबस्थामा मलेसियामा पनि नेपाली समुदायमा शुरुवाति चरणमा सामान्य समस्या देखिए पनि पछिल्लो समय गैर आवासिय नेपाली संघ र नेपाली दुताबासको पहल समस्याको समाधान भैसकेको जनाएको छ ।
भिजन अनलाईन न्युजद्धारा राष्ट्र निर्माणको लागि बिश्व भरि छरिएर रहेका नेपाली जुझारु युवाहरुको ज्ञान, सिप र बौद्धिक पक्षलाई कसरी देशको बिकास र समृद्धिमा सदुपयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ बिश्व भर बिभिन्न संघसंस्थामा आबद्ध भएका नेपाली युवाहरुसँग राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस बिगत ३ महिना देखि निरन्तर बहस गर्दै आईरहेका छौँ । यसै सन्दर्भमा पछिल्लो एपिसोडमा गैर आवासिय नेपाली संघ मलेसियाका महासचिब तथा युवा ब्यबसायी हेमराज सापकोटासँग बहस गरेका थियोँ । पछिल्लो समय मलेसियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै २ चरणको कोरोना राहत बितरण गरेको पनि उक्त कार्यक्रममा जानकारी गराउनु भयो । मलेसियामा कोरोना महामारीका कारण आफ्ना काम गुमाएका र समस्यामा परेका नेपाली श्रमजीविहरुको समस्यालाई मध्यनजर गर्दै राजदुताबाससँग सहकार्य गर्दै बिषेश कोरोना ब्यबस्थापन कमिटि बनाई काम गरेको र उक्त कमिटिमा २ जना वकिलको समेत ब्यबस्था गरि काम गरिरहेको पनि जानकारी गराउनु भयो ।
गैर आवासिय नेपाली संघको क्षेत्रिय कार्यसमितिहरुसँगको सहकार्यमा बिभिन्न क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाहरुको डाटा संकलन गरि त्यसको समाधानको प्रयास गरेको पनि जानकारी गराउनु भयो । शुरुवाति चरणमा समस्या आएपनि पछिल्लो समय भने लकडाउन पनि खुलेको र जनजीवन पनि सामान्य तर्फ उन्मुख रहेको पनि जानकारी गराउनु भयो । मलेसिया रोजगारीको प्रमुख गन्तब्य रहेको र पछिल्लो समय नेपालीहरुको आवागमन न्यसन रहेको अबस्था रहेको छ । नेपाल र मलेसियन सरकार बिच फ्रि भिसा र फ्रि टिकटका कारण पछिल्लो समय अन्यौलता सृजना भएको कारण मलेसियामा नेपाली कामदार आउन नसकेको पनि जानकारी गराउनु भयो । नेपाल सरकारले ल्याएको फ्रि भिसा र फ्रि टिकटको ब्यबस्था अति उत्तम भएपनि यसलाई निराकरण गर्न भने सरकार चुकेको समेत बताउनु भयो ।
राष्ट्र निर्माणको लागि युवाहरु स्वरोजगार बन्नुपर्ने पनि बताउनु भयो । ब्यबसाय नै राष्ट्र निर्माणको प्रमुख कडी रहेकोले नेपालमा रहने नेपाली युवाहरुलाई कृषि क्षेत्रलाई आधुनिक प्रणालीबाट ब्यबसायमा लाग्नु पर्ने पनि बताउनु भयो । सरकारले केहि गरेन मात्र भन्नु भन्दा राष्ट्र निर्माणको लागि आफुले के गरे भन्ने कुरा पनि महत्वपुर्ण हुने र समयमा नै केहि गर्नु पर्ने पनि बताउनु भयो ।
महासचिब हेमराज सापकोटासँग गरिएको राष्ट्रको लागि अन्तराष्ट्रिय बहस कार्यक्रम हेर्न तल क्लिक गर्नुहोला ।