काठमाडौं, मंसिर २४।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।
संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिउा थिए । हाल प्रतिनिधिसभा सभामुख विहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्न सक्ने प्रावधान छ ।
अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।
राष्ट्रपति कार्यालयबाट जारी बिज्ञप्ति