१३औं साग : रंगशालाभित्र फोटो खिच्ने क्रममा प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  734 पटक हेरिएको

काठमाडौं, मंसिर २४।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ ।

रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो । पत्रकार चापागाईंलाई डिएसपी एसएस राठोर लगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार पुलिसले सर्वसाधारणमाथि अत्याधिक दमन गरेपछि पत्रकार चापागाईंले रिपोर्टिङ गर्दा उनलाई अपशब्द बोल्दै आक्रमण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार