
काठमाडौं, मंसिर २४।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को आज अन्तिम दिन बाँकि खेलको प्रतिस्पर्धा भईरहेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतको भिरेन्दर सिंहलाई हराए ।अघिल्लो सागको तुलनामा हाल नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले राम्रो प्रदर्शन गर्दै नेपाली खेलाडीहरुले आफ्नो घरेलु मैदानको सदुपयोग गरेका छन ।
