कांग्रेस महाधिबेशन आजबाट शुरू, कांग्रेस महाधिवेशनमय बन्यो भृकुटीमण्डप (फोटो फिचर)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  600 पटक हेरिएको

काठमाडौं, मंसिर २४ ।   

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ । कांग्रेस महाधिबेशनमा सहभागीहरूको सुरक्षाको लागि ५ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरीएको छ ।

अहिले उदघाटन समारोहको मुख्य मञ्च व्यवस्थापनको काम जारी छ । मञ्चमा एक सय बढी अटाउने गरी व्यवस्थापन गरिएको छ । उदघाटन समारोहमा सहभागी हुनेहरुका लागि मञ्चको सामुन्ने कुर्सीहरु राखिएको छ । कांग्रेसले आजको महाधिबेशनमा ४ लाख मांछे उतार्ने बताएका छन । भृकुटीमण्डप अगाडिको सडक प्रदर्शनीमार्गमा समारोह प्रत्यक्ष हेर्न मिल्ने डिजिटल डिस्प्ले राखिएको छ । प्रदर्शनीमार्गमा सवारी साधनहरुलाई प्रवेश निषेध गरेर पैदलयात्रुहरुका लागि मात्र खुल्ला गरिएको छ । कांग्रेसको प्रचार समितिले काठमाडौंका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

कांग्रेस महाधिबेशनलाई आज विशेष रूपले पनि हेरीएको छ आजको सभामा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल एक साथ उपस्थित हुने भएका छन । संसद विघटनसंगै विभाजन भएका नेकपाका तत्कालीन शीर्ष नेताहरू एक वर्ष पश्चात आमुन्नेसामुन्ने हुने भएको हो । आजको कांग्रेस महाधिबेशनमा कसरी प्रस्तुत हुंछ त्यो भने हेर्न बाँकी नै रहेको सबैको चासोको बिषय बनेको छ ।

फोटोमा कांग्रेस महाधिबेशन स्थल 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार