ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली बंगलादेशतर्फ प्रस्थान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  766 पटक हेरिएको

काठमाडौं, मंसिर २४।

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू१९ टोली योङ ट्यालेन्ट नेपाल९ बंगलादेश क्रिकेट प्रतियोगिता खेल्ने सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरि १४ सदस्य टोली त्यसतर्फ लागेको हो ।

बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडेशौंमा आर्किड इन्टरनेशनल कलेजका निर्देशक विदुर दाहाल र काठमाडौं महानगरपालिका ९ नम्बर वडाका सदस्य राम राईले विदाई गरेका थिए ।

मंसिर २४ देखी ३० सम्म ढाका र कक्स बजारमा चल्ने प्रतियोगितामा बंगलादेशका यू१९ खेलाडीसँग बंगलादेश क्रिकेट एकेडेमीमा प्रतिस्पर्धा गर्ने अध्यक्ष सुदीप शर्माले जानकारी दिए ।

वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीलेले यस अघि चार पटक बंगलादेश, भारतमा तीन र दुवईमा दुई पटक भ्रमण गरेको छ । विभिन्न देशको भ्रमण गर्दा युवा खेलाडिहरुको प्रतिभा निखार्न सहयोग पुग्ने अध्यक्ष शर्मा बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार