विशेष सुराकका आधारमा झापा र बिराटनगर भन्सार छलि गरि ल्याएका सामान प्रहरीद्धारा बरामद

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  818 पटक हेरिएको

बिराटनगर, मंसिर २४ ।  

झापा र मोरङ जिल्लाको सिमानाँका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा गए राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर–७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर९१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।

भारतिय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डार गरेर राखिएको भन्ने विशेष सुचना पाईपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तयारी भएको एक नं प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार