पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  723 पटक हेरिएको

काठमाडौं, मंसिर २४ ।   

पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।

कुन जिल्लामा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, झापामा २६, मोरङमा २३, डडेल्धुरामा २२, बाँकेमा २०, इलाम र बर्दियामा १५/१५, सुनसरी र रसुवामा १३/१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८/८, स्याङ्जा, दाङ र नवलपरासीमा ७/७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६/६, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५/५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४/४, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३/३, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २/२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार