अमेरिकाले दिएका दुई स्काई ट्रक हेलिकप्टर काठमाडौंमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  631 पटक हेरिएको

काठमाडौं मन्सिर २३ । 

अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक जहाज शनिबार राति काठमाडौंमा उत्रेका छन्।  अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो। 

दुईवटा जहाज भारत हुँदै आइतबार राति साढे दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको नेपालि सेनाले गरेको छ । पूर्वनिर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौं अवतरण हुने कार्यक्रम रहे पनि अरु एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौं ल्याइएको हो। यस भन्दा अगडि पनि नेपालि सेनाले कार्गो बिमान खरिद गरेको थियो ।

विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग हुनेछ। दुवै जहाजको औपचारिक हस्तानान्तरण भने पुस २ गते अमेरिकन राजदूतले नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनी अन्तर्गतको ह्‍यांगरमा राखिएको छ। समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने  दुवै जहाज १८ यात्रु वा २३ सय किलो सामान बोक्‍ने क्षमताका छन्। 

पहिले बेलायतले दिएका दुईवटा स्काइ ट्रकमध्ये एउटा अप्रेशनमा छ भने अर्को बिग्रिसकेको छ। स्काइ ट्रक नहुँदा आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारमा समस्या हुँदै आएको छ। 

नेपाली सेनासँग रहेका जहाज हेलिकोप्टरमध्ये १० वटा चालु हालतमा छन् भने सातवटा मर्मतका लागि ग्राउन्डेड छन्। एउटा एभ्रो जहाज र स्काइ ट्रक लिलामीको प्रक्रियामा छन्। 

नेपाली सेनाले खरिद गरेको कार्गो जहाज गत कात्तिक १६ गते काठमाडौं आइपुगेको थियो। इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५-२२० विमानको मूल्य  ३० मिलियन अमेरिकी डलर रहेको छ।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ। सेनाका अनुसार बाँकी दुईमध्ये एउटा जहाज एयर एम्बुलेन्स हो।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार