शल्यक्रियाद्वारा प्रसुति सेवामा धादिङ अस्पतालको नयाँ रेकर्ड:शल्यक्रियाद्वारा एकै महिलाले जन्माईन ३ ओटा शिशु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  820 पटक हेरिएको

धादिंङ, मंसिर २३ । 

धादिंङ अस्पतालमा पहिलो पटक एकैसाथ शल्यक्रियाद्वारा ३ शिशुको जन्म भएको अस्पतालले जनाएको छ । प्रसुति सेवामा धादिङ अस्पतालको यो नयाँ रेकर्ड भएको पनि अस्पताल स्रोतले जनाएको छ । धादिङ जिल्ला स्थित ज्वालामुखी-०६ घर भएकी ३७ वार्षिय महिलाको प्रसुति सेवा लिन आएकी र यस अस्पतालले शल्यक्रिया गर्दै १८००,१५०० र २५०० ग्रामका ३ ओटा शिशुहरु जन्माउन सफल भएको छ, जुन शल्यक्रियाद्वारा एकै जना महिलाले ३ ओटा शिशुहरु जन्माएको यस अस्पतालको आज सम्मकै नयाँ रेकर्ड हो अस्पताल प्रशासन जनाएको छ ।

उक्त शल्यक्रिया गर्ने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ र शल्यक्रिया टिममा सहभागी डा.पुजश कर्माचार्य,डा.सबिन भन्डारी, ए.ए.लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल र सहयोगी सन्जु रिजाललाई अस्पताल परिवारले हार्दिक आभार व्यक्त गर्दै धन्यबाद समेत दिएको छ । तिनै जना शिशुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार