जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न, औपचारिक कार्यक्रमका बिच मन्त्रि भट्टराईद्धारा उद्घाटन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  577 पटक हेरिएको

जनकपुरधाम, मंसिर २३ ।

जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए । उनका अनुसार विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

रु ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवन निर्माण गरिएको हो । यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गर्नुपरेको छ । पहिला पप्पु कन्ट्रक्सनले ठेक्का लिएपनि काम पूरा गर्न नसकेपछि उसँगको सम्झौता रद्द गरी थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो ।

नयाँ सम्झौता गरेपछि थेदिंग जालवा कम्पनीले निर्माण पूरा गरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए । उक्त निर्माण सम्पन्न जनकपुर बिमानस्थलको आज एक औपचारिक कार्यक्रम गरि संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार