नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गर्यो, सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  249 पटक हेरिएको


काठमाडौँ, मंसीर २३ ।

नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो । नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो ।

सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग हो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको अनुमान गरिएको थियो । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार