साईतामा अन्तराष्ट्रिय म्याराथनमा ई.नवराज श्रेष्ठ सहभागि, ३:५९:३२ सेकेन्डमा दौड पुरा गरे

  भिजन अनलाईन संवाददाता प्रकाशित:  1405 पटक हेरिएको

जापान, साईतामा मंसिर २२ ।

जापान स्थित साईतामा बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै साईतामा केनद्धारा आयोजना गरिएको अन्तराष्ट्रिय म्याराथनमा सहभागिता जनाएको छ । जापान सरकारको MEXT स्कलरसिपको माध्यमबाट जापानको साईतामा केनमा रहेको साईतामा बिश्वबिद्यालयमा बिद्यार्थीको रुपमा आउनु भएका ई.नवराज श्रेष्ठ उक्त म्याराथनमा सहभागि भएका थिए ।

हाल साईतामा बिश्वबिद्यालयमा भू–गर्व प्रविधि बिषयमा बिद्यावारीधि गरिरहनु भएका ई.श्रेष्ठ साईतामा केनद्धारा आयोजना गरिएको ४२ कि.मि लामो अन्तराष्ट्रिय म्याराथनमा सहभागि भएको नेपाल सरकारका सिनियर डिभिजन ईन्जिनीयर समेत रहनुभएका ई.बिनोद भट्टराईले भिजन अनलाईन न्युजलाई जानकारी जराउनु भयो । १६५०० भन्दा बढिको सहभागिता रहेको उक्त म्याराथनमा ई. श्रेष्ठले ४३६६ औँ स्थान सुरक्षित गर्दै ३ घण्टा ५९ मिनेट ३२ सेकेण्डमा दौड पुरा गरेको थिए । सो कार्यक्रममा साईतामा केनद्धारा ई.श्रेष्ठलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

सो अबसरमा भ्रमण बर्ष २०२० प्रचारप्रसारमा नेपाल सरकारका सिनियर डिभिजन ईन्जिनीयर ई. महेन्द्र बानिया, ई. सुरेन्द्र घिमिरे, ई.बिनोद भट्टराई लगायतका नेपाली बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उहाँहरुले भ्रमण बर्ष २०२० को प्रचारप्रसार समेत गरेका थिए । उक्त समयमा नेपाल भ्रमणको लागि जापनिज नागरिकहरुलाई निम्ता दिदै नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुको बारेमा जानकारी समेत गराएको ई. भट्टराईले जानकारी गराउनु भयो । निज नेपाल सरकारका सिनियर डिभिजन ईन्जिनीयर ई. सुरेन्द्र घिमिरे हाल एसियन डेभलभमेन्ट बैंक (ए.डि.बी) को र ई.बिनोद भट्टराई हाल बिश्वबैकको स्कलरसिपमा साईतामा बिश्वबिद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार