कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक, महोत्तरी र सर्लाहीका केही प्रतिनिधिको नामावली भने परेन (सूचीसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  485 पटक हेरिएको

काठमाडौं, मंसिर २२ ।   

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नरहेको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको लागि प्रवासबाट पनि निर्वाचन प्रतिनिधिहरु छनौट गरी केन्द्रमा पठाएका छन । प्रबासबाट छनौट निर्वाचन प्रतिनिधिहरू नेपाल जाने क्रम पनि शुरू भईसकेको छ । नेपाली कांग्रेस निर्वाचन समितिले जारी गरेको प्रतिनिधहरूको नामावली लिष्टमा प्रबासबाट छनौट गरीएका प्रतिनिधिहरूको नामावली समावेश गरेनगरेको भने उल्लेख गरीएको छैन ।

आधिकारिक सूची भने यही मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस् प्रारम्भिक नामावली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार