अमेरिका, मंसिर २१ ।


इरानले अमेरिकी बिधार्थीलाई कारागार मुक्त गरेको छ । सियु वांग नाम गरेका बिद्यार्थीलाई बन्दी बनाएको ३ बर्ष पछि उनलाई मुक्त गरेको हो ।
उनलाई बन्दी साटासाटमा मुक्त गरेको हो । प्रिन्सटन विश्वविद्यालयको पीएचडी (बिद्या वारिधि )विद्यार्थी, तेहरानमा अनुसन्धान गरिरहेको बेला उनलाई २०१६ को अगस्तमा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। उनलाई इरानको कुख्यात इभिन जेलमा पठाइएको थियो र १० बर्षको जेल सजाय सुनाइएको थियो।

उनलाई ईरानमा जासूसी गरेको अभियोगमा नियन्त्रणमा लिई थुनामा राखिएको थियो । उनलाई शनिबार डिसेम्बर ७ का दिन मुक्त गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएका छन् ।
स्विस सरकारको मध्यस्ततामा उनलाई मुक्त गरिए पछि ट्रम्पले धन्यबाद दिएका छन् । ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् “अपहरणमा परेका अमेरिकीहरूलाई स्वतन्त्र गर्नु अमेरिकन सरकारको लागि अत्यन्त महत्त्वपूर्ण छ, र हामी गलत तरिकाले विदेशका जेलमा परेका हाम्रा सबै नागरिकहरूलाई घर फर्काउन कडा परिश्रम गरिरहेका छौं,”।
वाङ्गको रिहाइको बदलामा अमेरिकाले इरानी वैज्ञानिक मसूद सोलिमानीलाई मुक्त गरेको छ । इरानी मूल कोशिका(स्टेम सेल) वैज्ञानिक सोलिमानीलाई २०१८ मा शिकागोमा अवतरण गर्दा अमेरिकी कानून प्रवर्तन(युएसल इन्फोर्समेन्ट )ले पक्राउ गरेको थियो।
श्रोत ; सिएनएन
