गोकर्ण रिसोर्टमा अभिनेत्री श्वेता खड्काको विवाह समारोह सम्पन्न (फोटोफिचर)

प्रकाशित:  1815 पटक हेरिएको

काठमाडौं, मंसिर २२ ।  

नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक लामो स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिबाह भएको केही समयमा नै नायक श्रीकृष्ण श्रेष्ठको सनधन भएपछि लामो समय पछि दोस्रो बिबाह गरेकी हुन । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजनासमेत आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार