१३औं साग : १०० मिटर ब्याकस्ट्रोकमा गौरिका सिंह स्वर्णबाट चुकिन्

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1253 पटक हेरिएको

काठमाडौं, मंसिर २१ ।

१३औं दक्षिण एसियाली खेलकुद -साग)अन्तर्गत आज भएको पौडी खेलमा नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् । शनिबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउनुपर्‍यो ।दुई पटक स्वर्ण जित्न सफल गौरिका यस पटक भने चुकिन ।

भारतकी मन्ना राजिव पटेलले स्वर्ण जितिन् । उनले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार