१३ औं सागमा गौरीकाले जितिन दोस्रो स्वर्ण पदक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  717 पटक हेरिएको

काठमांडौ, मंसिर २० ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् ।

गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो । उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार