१३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  692 पटक हेरिएको

काठमाडौं मंसिर, २० ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

१७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

महिला टिमतर्फ पनि गल्फ खेल जारी रहेको छ । महिला टिमतर्फ भने नेपालले कास्य जित्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार