एनआरएनए को नेतृत्वमा काठमांडौका प्रमुख चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  763 पटक हेरिएको

काठमाडौँ, मंसिर २० ।

काठमाडौँका व्यस्त  चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो ।

आज एनआरएनए र महानगर बिच भएको दुई पक्षीय छलफलमा एनआरएनएले उक्त प्रस्ताव अघि सारेको थियो । संघका अध्यक्ष कुमार पन्तले  यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । उनका अनुसार केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरिसकेको छ । कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वाश  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार