टिका सानु र प्रकाश अधिकारीको एयर होस्टेजमा अनु पराजुली माथि एसिड प्रहार(भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1618 पटक हेरिएको

काठमांडौ, मंसिर २० ।

अनु पराजुलीले नृत्य तथा अभिनय गरेको नयाँ लोक दोहोरीको म्युजीक भिडियो हिजो यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘एयर होस्टेज’ बोलको गीतमा अनु पराजुलीको बिल्कुलै फरक भुमिका रहेको एयर होस्टेजमा स्वर भने टिका सानु र प्रकाश अधिकारीको रहेको छ । टिका सानु र प्रकाश अधिकारीको स्वरमा रहेको यस गीतमा बाबुराम बोहराको शब्द र दिनेश क्षेत्रीको संगीत रहेको छ । भिडियोमा अनु पराजुलीको साथमा रमा थपलिया, गायिका टिका सानु, लक्की शर्मा, बिशाल बोहरा र मोहन बोहराको अभिनय रहेको छ ।

बाबुराम बोहराले निर्देशन गरेको यस भिडियो छायांकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । प्राबिधिक एडभाईजरमा राजेन्द्र अर्याल रहेका छन भने उक्त गीतको बजार ब्यबस्थापन भने तिर्सना फिल्मसले गरेको छ ।

नेपाल कै आन्तरिक पर्यटनको केन्द्र रहेको त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अगाडीको एयरक्राफ्ट म्युजियममा छायाङ्गन गरीएको उक्त भिडियोमा अनु पराजुलीलाई एयर होस्टेजको रुपमा देख्न सकिन्छ । सामाजिक बिकृति र बिसङ्गतीहरुको यथार्थलाई भिडियो मार्फत नेपाली जनतालाई सन्देश दिने उद्देश्यले तयार पारिएको नायिका तथा मोडल अनु पराजुलीले भिजन अनलाईन न्यूजलाई जानकारी गराउनु भयो । पछिल्लो समय नेपाली समाजमा देखिएको एसिड काण्ड जस्ता महिलाहिंसा र सो पश्चात समाजमा महिलालाई हेर्ने दृष्टिकोणलाई चित्रण गरिएको उक्त भिडियो तल साभार गरिएको छ हेर्नको लागि तल क्लिक गर्नुहोला ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार