![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)
काठमांडौ, मंसिर २० ।
![](https://visiononlinenews.com/wp-content/uploads/2019/12/50DC3318-4CDF-45D6-BF8A-997BF4043D99.jpeg)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्द्र पार्कीले जम्मा १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यसैगरी नेपालकै हरि रिमालले कास्य जितेका छन् ।
![](https://visiononlinenews.com/wp-content/uploads/2019/12/sark.jpg)
दाेस्राे स्थान अर्थात् रजत पदक भने भारतले जितेकाे छ । भारतका सुनील दवालले निर्धारित दूरी १४ मिनेट ५५.२१ सकेन्डमा पार गर्दै रजत पदकमा सीमित बन्न पुगेका हुन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)