अदालतद्वारा परराष्ट्रको निर्देशन विरुद्ध एनआरएनएलाई दिएको अन्तरिम आदेश निरन्तरता दिने निर्णय(आदेशसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  348 पटक हेरिएको

काठमाडौं, मंसिर २० ।   

गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले निवेदकको पक्षमा दोस्रो पटक अन्तरिम आदेश दिएको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तले दर्ता गराएको मुद्धामा निवेदकको पक्षमा आज फैसला भएको उच्च अदालतको उप–रजिष्टार अमृता शर्माले बताइन्।

‘निवेदकको पक्षमा अन्तरिम आदेश भएको छ,’ उनले भनिन्। आइतबार अदालतले दुवै पक्षलाई झिकाएर बहस पैरवी गरेको थियो। न्यायधीशद्धय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबार बसेको संयुक्त इजलासले  यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।

फौसला आफनो पक्षमा आएपछी अध्यक्ष पन्तले सामाजिक संजाल फेसबुकमा हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक भएको बताउनु भएको छ । न्यायाधीसद्धय श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश जारी राख्ने फैसल्ला सुनाएको जनाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार