प्रधानमन्त्रि ओलि हस्पिटलबाट डिस्चार्ज, उपचार खर्च साढे २ लाख

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  832 पटक हेरिएको

काठमाडौं , मंसिर १९ ।

प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि बिहीबार दिउँसो डिस्चार्ज भएका छन् । डिस्चार्जका क्रममा उनले स्वास्थ्यमा सुधार भएकाले घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार  शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस अपरेसन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका थिए । आज बिहान मात्र सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारीले अस्पताल मै गएर प्रधानमन्त्रिको स्वास्थ्यवस्था बुझेको थियो ।

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँ नियमित काम गर्न सक्नु हुनेछ । तर, अप्रेसनको घाउ बल्झिन सक्ने भएकाले आरामको जरुरत धेरै छ ।’

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार