
काठमाडौं , मंसिर १९ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छन् । महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।
ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पुरा गरिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो । १२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् । त्यस्तै सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सिंह सहभागी बनेकी थिइन् ।

१६ वर्षको उमेरमा आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी गौरीकाले ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर र ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५० मिटरमा ३०.८५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
