पोखरा, मंसिर १९ ।
आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबल टिम फाइनलमा पुगेको छ ।
अब नेपालले स्वर्णका लागि फाईनलमा भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत नै भिड्नेछन् । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।
खेलको इन्जुरी टाइममा नसावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसलाई सदुपयोग गर्दै उनैले गोल गर्दै हृयाट्रिक पुरा गरिन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी हुन् । नेपालले अब फाइनलमा शनिबार २ बजे भारतसँग खेल्नेछ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।