१३ औं सागमा श्रीलंकालाई हराउँदै भारत महिला फुटबलको फाइनलमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  499 पटक हेरिएको

पोखरा, मंसिर १९ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो ।

अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो ।

दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ । माल्दिभ्सलाई हराए नेपाल फाइनलमा पुग्ने छ । यसअघिको खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार