१३औं सागमा भारत ३४ स्वर्ण सहित पदक तालिकाको शीर्ष स्थानमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  743 पटक हेरिएको

काठमाडौं मंसिर, १८।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ । लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बुधबार साँझबाट भारत शीर्ष स्थानमा उक्लिएको छ । उसले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ ।

नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्रो दिन ८ स्वर्ण जितेको नेपालले बुधबार भने मात्र ६ वटा स्वर्ण थप्न सक्यो ।

तेस्रो स्थानमा रहेको पाकिस्तानको ९ स्वर्णसहित ४५ पदक छ । भुटान भने पदक तालिकाको अन्त्यमा रहेको छ । भुटानले हालसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार