फिलिपिन्समा कामुरी आँधीका कारण मर्नेको सङ्ख्या १७ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  428 पटक हेरिएको

फिलिपिन्स, मंसिर १८ ।

फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ । 

३० मिलीलीटर वर्षा सहित १६८ किलोमीटर प्रतिघण्टाको गतिमा आएको उक्त कामुरी आँधीका कारण गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ । मनिलाको तल्लो बस्तीमा अस्थाई घर टहरा बनाएर बसेका नागरिकहरूलाई घर छाडेर सुरक्षित स्थानमा स्थानांतरण गर्न सूचना जारी गरेको थियो । उक्त क्षेत्रमा के कती क्षति भयो सो को विवरण भने आएको छैन ।

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकको मृत्यु भएको र कतिपय हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो ।त्यस यता कै यो दोस्रो ठुलो आँधी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार