नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुुष्टि, १६ जना कोरोना संक्रमितको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  297 पटक हेरिएको

काठमाडौं, मंसिर १९ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको संख्या २ लाख २१ हजार ८४७ र मृतकको कुल संख्या १५६७ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२।९ प्रतिशत रहेको छ । यस्तै हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार