१३औँ सागमा सक्षमको जितसँगै नेपाल २९ स्वर्ण सहित शिर्ष स्थानमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  570 पटक हेरिएको

काठमाडौं, मंसिर १८ ।

१३औँ सागमा आज तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक दिलाएका छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन् । जारी सागमा यो नेपालको २९ औं स्वर्ण हो । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा बुधबार सक्षमले पाकिस्तानका वकर अली शाहलाई फाइनलमा २७-९ ले हराउँदी कार्कीले नेपालका लागि २९ औं स्वर्ण जितेका हुन् । सेमिफाइनलमा श्रीलंकन खेलाडीलाई हराउँदै फाइनलमा पुगेका थिए ।

नेपालले हालसम्म १३ औं सागमा २९ स्वर्ण जितेसँगै स्वर्ण पदकको शतक पूरा भएको हो । यसअघि नेपालले सन् १९८४ मा नेपालमा भएको पहिलो सागमा ४, बंगलादेशमा भएको १९८५ को दोस्रोमा १, भारतमा भएको १९८७ को तेस्रोमा २, पाकिस्तानमा भएको १९८९ को चौथोमा १, श्रीलंकामा भएको १९९१ को पाँचौमा २, बंगलादेशमा आयोजित १९९३ को छैटौंमा १ र भारतमा भएको १९९५ को सातौँमा ४ पदक जितेको थियो ।

नेपालमा नै भएको १९९८ को आठौँमा ३१ स्वर्ण जितेको नेपालले पाकिस्तानमा सन् २००४ को नवौंमा ७, श्रीलंकाको २००६ को दशौँमा ७, बंगलादेशको २०१० को एघारौंमा ८ र भारतमा भएको २०१६ को १२ औं मा ३ पदक जितेको थियो ।

यसपटक २९ पदक जितिसकेको नेपाल स्वर्ण पदकको हिसाबमा सर्वाधिक सफल साग बनाउने नजिक छ । यसअघि नेपालमै सम्पन्न आठौँ सागमा नेपालले ३१ पदक जितेको थियो ।

१३ औं दक्षिण एसियायली खेलकुदमा क कसले जितेस्वर्ण , रजतर कास्य पदक

स्वर्ण पदक

१. कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२. कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. कराते (५५ केजी) – लक्ष्मण तामाङ

५. कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६. कराते (४५ केजी मुनी)– कुसुम खड्का

७. कराते (५० केजी मूनि) अनु अधिकारी

८. कराते (६७ केजी) नवीन रसाइली

९. कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०. ट्रायथलन – सोनी गुरुङ

२१. डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५. एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी मुनि) – सक्षम कार्की

रजत पदक

१. कराते (एकल काता) – चन्चला दनुवार

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३. कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४. कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

६. डुवाथोलन – लक्ष्मण मल्ल

७. डुवाथोलन – हुमी बुढा मगर

८. महिला भलिबल टोली

९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष)

१०. खो खो (महिला टोली)

११. ट्रायथोलन (मिक्स टिम)

कास्य पदक

१. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४. पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५. पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६. ट्रायथलन – बसन्त थारु

७. कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

९. एथलेटिक्स (१० हजार मिटर)– दीपक अधिकारी

१०. उसु (थाउलो) – हरि प्रसाद गोले

११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला)

१२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष)

१३. टेबल टेनिस (टिम इभेन्ट, महिला)

१४. कराते (टिम फाइट, महिला)

१५. खो खो (पुरुष टोली)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार