
काठमाडौं, मंसिर, १८ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिजो सम्पन्न महिला एथलेटिक्समा धादिङ्गकि सन्तोषी श्रेष्ठले भारतका खेलाडिलाई पछि पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएकी थिई ।

तर आज सम्पन्न पुरुष एथलेटिक्समा भने तेस्रो स्थान हाँसिल गर्दै कास्य पदकमा चित्त बुझाएका छन । यस प्रतिस्पर्धामा भारतले स्वर्ण पदक र श्रीलंकाले रजत पदक जितेका छन् ।
भारतीय खेलाडी सुरेश कुमारले निर्धारित दूरी २९:३३.६१ समयमा पूरा गरे । श्रीलंकाका स्वरणले ३०:४९.२० समयमा निर्धारित दूरी पार गर्दा नेपालका दीपक अधिकारी थोरै समयले चुके । दीपकले निर्धारित दूरी ३०:५०.०६ समयमा पूरा गरेका छन् ।
