मिस कस्मोपोलिटनका बिजेता प्रिया रानी लामा बनिन रामहरीको राजकुमारी(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  329 पटक हेरिएको

काठमाडौं, मंसिर १७ ।  

मिस कस्मोपोलिटन वल्ड २०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा पछिल्लो समय म्युजिक भिडियो अभिनयमा ब्यस्त रहेकी छिन । पछिल्लो समय टि.भि कार्यक्रम संचालनका साथै बिभिन्न भिडियो अभिनयमा समेत देखिन थालेकी मिस कस्मोपोलाईटन वल्र्डका बिजेता प्रिया रानी लामाले पछिल्ले समय अभिनय गरेकी म्युजिक भिडियो राजकुमारीको भिडियो हिजो एक औपचारिक पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको छ । निरोज लामाको आवाजमा रहेको उक्त भिडियो राजकुमारीलाई रोनिश एण्ड ड्याड प्रोडक्शनले बजारमा ल्याएको हो । खड्ग भट्टराईद्धारा लेखिएको उक्त राजकुमारी गितको भिडियो रोनिश एण्ड ड्णड प्रोडक्शनले निर्माण तथा बजार ब्यबस्थापन गरिएको राजकुमारी गीतमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन् ।

गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी हुन । राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको थियो । कार्यक्रममा निर्माण टिम र अतिथीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाईएको र नेपाली पर्यटन प्रबद्धनमा समेत टेवा पुर्याउने बताईन् । नेपाल पर्यटनका लागि संभावना बोकेको देश भएको हुदाँ गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने बताईन् । गीतलाई मनाङ, मुस्ताङलगायतका सुन्दर ठाउँमा खिचिएको छ ।

यस्तै उक्त गितको भिडियो डाईरेक्शन भने रुपेश थापाले गरेका हुन । निर्देशक थापाले नेपाली भिडियोहरु गुणात्मक रुपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिस गरेको बताए । गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने यूवाहरुको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको जनाएको छ । प्रियारानी र रामहरी फिचर भएको गीतमा स्वर र संगीत भने निरज लामाको रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गरेका छन् ।

राजकुमारी गीतलाई रुपेश थापाले निर्देशन र छायँकन गरेका छन् भने सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । देशको पर्यटकीय नगरी मनाङ्ग र मुस्ताङ्ग जस्तो सुन्दर ठाउँमा छायाङ्कन गरिएकोले पनि उक्त गितलाई दर्शक स्रोताले मन पराउने गितमा मोडल तथा संचारकर्मी एवम मिस कस्मोपोलिटन वल्ड २०१९ का बिजेता मिस प्रिया रानी लामाले बताउनु भयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार