नेपाल पत्रकार महासंघ युएईको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  795 पटक हेरिएको

दुबई, मंसिर १७ ।

नेपाल पत्रकार महासंघ युएई शाखाको छैठौ अधिवेशन गत शुक्रबार दुबईमा सम्पन्न भएको छ । छैठौ अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित भएका छन ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गर्दै महाधिवेशन सम्पन्न गरेको भिजन अनलाईन न्युजका दुबई संवाददाता हरी नेपालीले जानकारी गराउनु भयो ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्ष मेघराज सापकोटा, सचिव मोहन बस्याल, सहसचिव राम ढुंगेल, कोषाध्यक्षमा माधव न्यौपाने चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा हरि दुलाल, खिमलाल पान्डे, रामकुमार परियार र प्रिथी छक बुढा मगर रहेका छन् । अधिवेशनले राष्ट्रिय परिषद सदस्यमा निमेश गिरी र सल्लाहकारहरुमा भिजन अनलाईन न्युज संवाददाता समेत रहनु भएका हरि नेपाली र अर्का एकेन्द्र थापालाई चयन गरेको हो ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्षले नवनिर्वाचित समितिलाई शुभकामना दिदै सम्बन्धित देशको कानुनको अधीनमा रही कलम चलाउन समेत आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार