१३ औं सागमा नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण, नेपालको कुल स्वर्ण संख्या २३ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  512 पटक हेरिएको

काठमाडौं, मंसिर, १७ ।

१३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

त्यसअघि ग्यारोगीतर्फ नै महिला ४६ केजी मुनि तौल समूहको स्पर्धामा काजल श्रेष्ठले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उनले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिईन् ।

मंगलबार नै एथलेटिक्सतर्फ भने सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा पदका जित्दै सागमा स्वर्ण जित्ने पहिलो महिला एथलेटिक्स खेलाडी बनिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई १ मिलिसेकेन्डले पछि पारेकी थिइन् ।

यस्तै करातेमा नविन रसाइली र सुनिता महर्जनले पदक थप्दा उसुमा विजय सिंजाली र सुस्मिता तामाङले पनि पदक पक्का गरेका छन् । पोखरामा सम्पन्न डुवाथ्लनमा हिमाल टमाटाले स्वर्ण जितेका थिए ।

फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ । क्रिकेटमा भने नेपालले पहिलो खेलमा नै श्रीलंकासँग हार बेहोरेको छ ।

आफ्नो योजना अनुसार खेल्दा सफलता हात लागेको उनले सुनाए । उनले ओलम्पिक क्वालिफायरका लागि अझ मेहनत गरेर तयारी गर्ने महराले बताएका छन् ।

यससँगै सागमा नेपालको स्वर्ण २३ पुगेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पोखरामा जारी डुवाथोलन महिला स्प्रिन्टमा नेपालले रतज पदक जितेको छ । नेपालका लागि हुमी बुढा मगरले रजत पदक जितेकी हुन् । श्रीलंकाकी एरेङगादुलाक्सीले स्व्र्ण र श्रीलंककै उदयकुमारीले कास्य पदक जितेकी छिन् ।

https://www.hamrokhelkud.com/wp-content/uploads/2019/12/duwatholan.jpg

१३ औं सागमा क कसले जिते स्वर्ण , रजत र कास्य पदक

स्वर्ण पदक

१. कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२. कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. कराते (५५ केजी) – लक्ष्मण तामाङ

५. कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६. कराते (४५ केजी मुनी)– कुसुम खड्का

७. कराते (५० केजी मूनि) अनु अधिकारी

८. कराते (६७ केजी) नवीन रसाइली

९. कराते (६८ केजी)– सुनिता महर्जन

१०. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

११. तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१२. तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१३. तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५. पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६. पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

१९. ट्रायथलन – सोनी गुरुङ

२०. डुवाथोलन – हिमाल टमाटा

२१. उसु (थाउलो) – विजय सिन्जाली

२२. उसु (थाउलो) – सुस्मिता तामाङ

२३. एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१. कराते (एकल काता) – चन्चला दनुवार

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३. कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४. कराते (६१ केजी )- अनु गुरुङ

५. डुवाथोलन – लक्ष्मण मल्ल

६. डुवाथोलन – हुमी बुढा मगर

कास्य पदक

१. तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२. तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३. तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४. पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५. पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६. ट्रायथलन – बसन्त थारु

७. कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार