१३ औं सागको एथलेटिक्समा धादिङकि सन्तोषीले दिलाइन् पहिलो स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  781 पटक हेरिएको

काठमाडौं, मंसिर, १७ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।

उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।

यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।

यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ ।

मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक-एक स्वर्ण पदक जितेका छन् ।

सोमबार नेपालले १५ स्वर्णपदक जितेको थियो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार