जापान सरकारले नया भिषा बाहकलाई जापान प्रबेशमा रोक लगाएसंगै जापान आएका कयौ नेपाली मलेसियामा अलपत्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  606 पटक हेरिएको

मलेसिया, मंसिर १७ ।  

कोरोना भाईरसको नया भेरीयंटको संक्रमण पुन:बिश्वभरी फैलिन थालेपछी जापान सरकारले यसको रोकथामका लागि पुन जापान प्रबेशमा रोक लगाएको छ । तर पनि रिइंट्री भएकालाई भने जापान प्रबेशमा कुनै रोक लगाईएको छैन । तर नयाँ भिषा वाहकको प्रवेशबारे जापान सरकारले गरेको अस्थिर र अस्पष्ट निर्णयको कारण मलेसियाको एयरपोर्टमा दर्जनौं नेपालीको बिचल्ली परेको छ । डिसेम्बर २ तारिख बिहान नेपालबाट मलेसियन र हिमालयन एयरलाईन्समा जापानको लागि उडेका नेपालीहरु मलेसियाको एयरपोर्टको भुईंमा दशौं घण्टा विताउन बाध्य भएका छन् ।

दुधे बालबालिका भएका ८ जना आमा र बच्चा १० घण्टा भन्दा लामो समय एयरपोर्टको चिसो भुईंमा भोकभोकै परेका छन् । एयरपोर्टमा पिउने पानी समेत निशुल्क उपलब्ध नहुँदा नगद साथमा नबोकेका व्यक्तिहरु भोकै प्यासै घण्टौं बस्न बाध्य भए । ‘ हामी करिव ४० जना जति छौं । हामी आउँदा जापान सरकारले जापान प्रबेशको कुनै रोकावट नरहेको तर अहिले आएर बिच बाटोमा हामिलाई रोकेर राखेको गुनासो र सहयोगको याचना गरीरहेको भिडियो सामाजिक संजाल फेसबुक र टिकटकमा भाईरल भएको देखिन्छ । जापानबाट संचालित संचारमाध्यमहरूले यस बिषयमा लगातार समाचार प्रकाशन गरीरहे पनि उक्त समाचारहरू प्रति ध्यान नदीएकाले पनि यि समस्या सृजना भएको देखिन्छ ।

हाललाई एनआरएनए मलेसियाले प्रारम्भिक खानाको व्यवस्था गरीएको र भोलिको फ्लाईटमा नेपाल फर्काईने जानकारी गराउदई मलेसियाका अध्यक्ष बिनोद थापाले जनाएको छ । मलेसियाको एयरपोर्टमा अलपत्र पर्ने नेपालीहरू सबै नया भिसा भएका बिध्यर्थी र डीपेन्डेन्ट रहेको र जापान सरकारको नया नियमका कारण जापान प्रबेश गर्न नपाएको देखिन्छ । सबै नव आगन्तुक तथा जापान आउने तयारीमा रहेका सबैले समयमा नै ध्यान दिन ज़रूरी छ । हाल नया भिषाबाहकको लागि जापान सरकारले अनिश्चित कालका लागि रोक लगाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस । 

ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार