कैलालीमा जन्ती चढेको गाडी दुर्घटना हुँदा बेहुला बेहुली सहित १३ जना घाइते, घाईतेहरुको उपचार हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  236 पटक हेरिएको

धनगढी, मङ्सिर १८ । 

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गरेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ वर्षीया दुलही डम्मरा लावड घाइते भएका छन् ।

त्यस्तै बेलौरी नगरपालिका ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका-८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार-६ का २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका-३ का ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका-३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका-६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका-३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीरबहादुर सार्की घाइते भएको उनले जानकारी दिए । प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पद्यमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार