मेस्सीले छैटौं पटक जिते बालोन डि’ओरको उपाधी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  782 पटक हेरिएको

पेरिस, मंसिर १७ ।

लियोनेल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन ‘डि’ओरको अवार्ड जितेका छन्। बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन्।

फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए। त्यसपछि उनले सन् २०१०,११,१२ र १५ मा यो अवार्ड जितेका थिए।

गएको सिजन (२०१८–२०१९) मा क्लब र राष्ट्रिय टिमबाट मेस्सीले ५४ गोल गरेका थिए। लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिश्चियानो रोनाल्डोलाई पछि पार्दै उनले छैटौं पटक अवार्ड उचालेका हुन्।

खेलाडी, प्रशिक्षक तथा खेलाडीको मतका आधारमा प्रदान गरिने यो अवार्ड गत वर्ष रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए।

Image result for Lionel Messi: Barcelona forward wins Ballon d'Or for record sixth time

 ‘आज मैले छैटौँ बालोन डी’ओर जितेँ । यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु’, अवार्ड जितेपछि मेस्सीले भने।

यसैगरी यसै वर्षबाट उत्कृष्ट गोलरक्षकलाई दिन सुरू गरिएको याशिन ट्रफी लिभरपुलका एलोसनलाई प्रदान गरियो। बालोन डी’ओर जित्ने एक मात्र गोलरक्षक याशिनको नाममा यो ट्रफी सुरु गरिएको हो।

यस्तै २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीको अवार्ड युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले पाए। उनलाई बालोन डी’ओरका पूर्व विजेताहरुले छनौट गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार