काठमांडौ, मंसिर १६ ।
२० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ।
सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। यसअघि १९९९ मा क्षेत्रीय खेलकुदको यो कुम्भ मेला दोस्रो पटक नेपालमा भएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको चिसो स्याठलाई उद्घाटन समारोहले तताउने प्रयास गरेपनि सुस्त खालको प्रस्तुति र औसत प्रदर्शनले माहोल जमाउन सकेन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न प्रस्तुतिका साथै हजारौं विद्यार्थी र ख्यातिप्राप्त कलाकारहरूको मेहनत पनि आयोजकले गतिलो साउन्ड सिस्टम व्यवस्था गर्न नसक्दा प्रभावकारी रूपमा दर्शक र स्रोतासम्म पुग्न नसकेन दर्शकको थम्याई छ।
राष्ट्रपति भण्डारीले उद्घाटन गरेको समारोहमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री एवं साग आयोजक कमिटीका अध्यक्ष जगतबहादुर सुनार विश्वकर्मा, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव एवं साग आयोजक कमिटीका सदस्यसचिव रमेशकुमार सिलवालले सहभागी सबैलाई स्वागत गरेका थिए ।
नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० तथा देशको बहुसंस्कृतिको प्रदर्शनलाई प्राथमिकतामा राख्दई कार्यक्रममा चर्चित कलाकार कुन्ती मोक्तान, इन्दिरा जोशी, मिलन नेवार, आनन्द कार्की र सत्यराज आचार्यले सागको लागि तयार गरिएको विशेष गीत गाएका थिए। यसैगरी दीपक बज्राचार्य र उनको टोलीले काठमाडौं उपत्यका भित्रको नेवार संस्कृति झल्कने प्रस्तुतिका साथै ‘मन मगन’ गीत प्रस्तुत गरेर उपस्थित दर्शकको ध्यान तान्न सफल भएको थियो ।
उद्घाटन समारोहमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पनी उपस्थिति रहेको थियो । आठ वटै देशलाई समेटेर बनाइएको एउटा ग्राफिक प्रस्तुति र सशस्त्र प्रहरी बलको साङ्केतिक प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको थियो ।
कुनै पनि समारोह आँखालाई दर्शनीय र कानलाई कर्णप्रिय हुनुपर्छ। तर करोडौं खर्चिएको सागको उद्घाटन समारोह त्यसमा खरो उत्रिन सकेन। बारम्बार रिहर्सल गरिएपनि रङ्गशालामा दर्शक उपस्थित भइसकेपछि पनि समारोह प्रमुख कुलबहादुर थापा माइकबाट स्वयंसेवक तथा कलाकारहरूलाई हकारिरहेका थिए।
स्वयंसेवक परिचालन गरी शान्तपूर्वक कसैले चाल नपाउने गरी व्यवस्थापन गर्नुपर्ने भिभिआइपी, भिआइपी तथा व्यावसायिक प्रतिष्ठानका पाहुनालाई पनि माइकबाटै हल्ला गरेर आ-आफ्नो कुर्सीमा बस्न गरिएको निर्देशन कर्णप्रिय रहेन। यसबाट समारोह आयोजनाको सबै पक्ष चुस्त नरहेको देखियो।
निश्चितमात्र ढोका खोलेका कारण रङ्गशाला वरिपरी त्रिपुरेश्वर अस्तव्यस्त रह्यो। जसबाट ठूलो संख्खामा दर्शक उपस्थित हुने यस्ता मेगा कार्यक्रम व्यवस्थापनमा आयोजक कमजोर रहेको पनि छताछुल्ल भयो। यसैगरी मार्चपासपछि मैदानभित्र पुगेका सबै टिमका खेलाडीहरूको लाइनअप पनि भद्रगोल थियो। त्यो लाइनअपले अनुशासित हुनुपर्ने खेलकुदको भावनालाई गिज्याइरहेको थियो। १३औं सागमा प्याराग्लाइडिङका प्रतिस्पर्धा नहुने धेरै अघि पक्का भइसके पनि उद्घाटन समारोहमा समावेश खेलको सूचीमा प्याराग्लाइडिङ यथावत थियो भने भाषणबाहेक साग आयोजक मध्येको एक सहर जनकपुर औपचारिक डकुमेन्टमा कतै प्रस्तुत नगरिएको दर्शकको गुनासो थियो।
उक्त १३ औ साफ खेलको औपचारिक उद्घाटन गर्दै समारोहमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सबै देशका खेलाडी तथा खेलकर्मीलाई स्वागत गरेका थिए ।
‘नेपाल सरकारका तर्फबाट तपाईंहरू सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको जुझारु मेहनतका कारण यो सम्भव भएको छ। म उहाँहरू सबैलाई बधाई दिन चाहन्छु,’ मन्त्री पोखरेलले भने, ‘यो सागले दक्षिण एसियाली देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन योगदान गर्ने गर्ने बताउदई १३ औ सागमा स्वागत मन्तव्य रखेका थिए । नेपालमा आयोजित १३ औ सागले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई प्रत्यक्ष साहायोग र बिश्वको ध्यान केन्द्रित गर्न सफल भएको मान्न सकिन्छ । अहिले दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)खेल काठमांडौ, ललितपुर र पोखरामा जारी छ ।
तस्बिरमा १३ औ साग उद्घाटन समारोह